बिहिबार, बैशाख ६, २०८१

ट्रक डाइभर सँग आएकी डोल्माको भयो बिजोक,छिट्टै काठमाडौ आउछु भन्थिन तर पुरा भएन(पुरा भिडियो सहित)

धादिङकी रिना तामाङ, डोल्मा स्याङ्तान भनेर चिनिने २३ बर्षिय युवती काठमाडौंमा गार्मेन्टमा काम गरेर बस्नु हुन्थ्यो। त्यसै क्रममा बारा जिल्लाका ट्रक ड्राइभर युवक संजय श्रेष्ठ संग फोनबाट चिनजान भयो, माया बस्यो, भेटघाट हुन थाल्यो। त्यसपछि काठमाडौं बाट घुम्न, घर हेर्न भनेर केटा संग दुइजना भएर गएका थिए। केटाले लक डाउन भरि बारामा नै संजयको घरमा बस्ने र लक डाउन सकिए पछी काठमाडौं फर्किने भनेका थिए।

काठमाडौं बाट बारा गए जेष्टको २ गते तर कस्तो विडम्बना आज आएर असार २७ गते झुन्डिएर आत्महत्या गरेकी छिन्। तर डोल्माको माइति पक्ष उहाले आत्महत्या गरेको होइन केटा पक्षले मारेको हो भनिरहेका छन्। संजयको परिवारले उहालाइ बिहे गर्न अनुरोध गरेका थिए र डोल्माले म अहिले नै बिहे गर्दिन भनेकी थिइन्। संजायका परिवारले बिहे गर्न दवाब दिएका कुरा डोल्माले दिदि संग फोनमा भनेकी थिइन्। म बिहे गर्न आएकी हैन र मलाई अहिले नै बिहे गर्ने मन छैन, म अहिले नै बिहे गर्न चाहन्न, म काठमाडौं जान्छु भन्दा पनि जान दिदैनन। संजयले बिहे गर्न दवाब दिइरहेको छ तैले छोडेर गइस भने म मर्छु भन्छ भनेकी थिइन्।

 

ट्रक ड्राइभर संजयको पहिले नै बिहे भइसकेको रहेछ, छोरा पनि छ, डोल्मा संग संजयले झुट बोलेका रहेछन्, मेरो बिहे भएको छैन भनेर ढाटेका रहेछन्। संजयको घर पुगी सके पछी मात्रै थाहा भयो डोल्मा लाई कि संजयको बिहे भैसकेको रहेछ। काठमाडौं बाट बारा जादा खेरि पनि सुरुको दुइ दिन संजयले आफ्नो घर नलागी आफन्तको घरमा लगेर र्दुइ दिन सम्म राखेका रहेछन्। सुरुमा नै आफ्नै घर किन लगिएन, संजयको घर पुगी सके पछी डोल्माले संजयको बिहे भयो भन्ने थाहा पाइसके पछी डोल्माले दिदि संग म फर्केर आउछु भनेकी थिइन् दिदिले काठमाडौं कहिले आउने हो भनेर सोध्दा म आउछु छिट्टै काठमाडौं आउनेछु भनेकी थिइन्, दिदि संग।

तर आफ्नो देह त्याग गर्न कै लागी काठमाडौं देखी बारा गएको जस्तै भयो, घटना घटी सक्यो कसैको ज्यान गएको छ हत्या होस् या आत्महत्या। घटनाको निष्पक्ष छानबिन होस् आत्महत्या नभई हत्या भए हत्यारालाई सजाय होस्।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७