शनिबार, साउन १२, २०८१

१४ बर्षको उमेरमा सारंगी बजाएर परिवार पाल्दै आएका बिराजको प्रतिभालाई हेर्नुहोस् (भिडियो सहित)

दाङ- दाङको नयाबस्ति स्थित गन्धर्व बस्तिमा एक प्रतिभाशालि व्यक्ति भेटिएका छन l जुन व्यक्ति सानो उमेर देखि नै गीत गाउदै आएका छन् । अहिले उनि १४ वर्षको पुगेका र  उनले गीत गाउदै आफ्नो परिवार पालेका छन l १४ बर्षका बिराजको बुबा आमा पनि सारंगीको भरमा आफ्नो परिवार पालेका थिए ।

बिराज सानै हुदै उनलाई आमा बुबाले सारंगी बजाउन सिकाएको र उनले सिकेका थिए।  अहिले भने  उनले जस्तो सुकै गीत पनि गाउन  सक्ने बताएका छन। जहाँ जस्तो सुकै जुन अवस्था मा पनि उनले  गीत गाउन सक्छन तर आफ्नो गीत रेकर्ड गर्न सकेका छैनन् ।

राम्रो स्वर र राम्रो सारंगी बजाउन सक्ने बिराजले जम्मा १ कक्षा  मात्र पढेका छन  भने अझै पढ्ने उनको धोको छ । विराजले भर्खरै  घटेका घटनालाई पनि गीत बनाइ गाउने गरेको बताउछन ।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७