शनिबार, साउन १२, २०८१

एसिड प्रहार पबित्रालाई भेट्न अस्पताल मै पुगे भोजराज र भाग्य न्यौपाने (भिडियो सहित )

श्रावण, १५

पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना दोहोरिन थालेका छन्। अहिलेसम्म भएका एसिड आक्रमणका घटनालाई हेर्ने हो भने एसिड आक्रमणको सिकार किशोरी, युवती तथा महिला पर्ने गरेका छन्। एसिड आक्रमणको सिकार हुनेहरुको जिन्दगी नै कष्टकर हुने गरेको छ। पीडित पक्षहरुले अपराधीलाई कडाभन्दा कडा कारबाहीको कानुन बनाउन माग गर्दै आएका छन्।

ओखलढुङ्गाकी २२ बर्षिय युवती पवित्रा कार्की माथी एक हप्ता अगाडि मात्रै बिहीबार साँझ काठमाडौँको सितापाइलामा एसिड आक्रमण भएको थियो। साँझको समयमा दही किन्न निस्किएकी पबित्रालाई एसिड प्रहार भएको हो। उनी पढ्नको लागी काठमाडौंमा आफन्तसँग बस्दै आएकी थिइन्। उहाँको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको अभियोगमा एसिड हान्न लगाउने मोहम्मद आलम र युवतीलाई एसिड प्रहार गर्ने मुन्ना मोहम्मद पक्राउ परेका छन्। उनीहरुमाथि प्रहरीले कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ। यसरी एक पछि अर्को गर्दै एसिड प्रहारको घट्ना घटिरहेको छ। पबित्रा कार्की त यस घतनाको प्रतिनिधि पात्र मात्र हुन्।

एसिड प्रहार बाट नै घाईते भएकी अर्की पिडित मुस्कान खातुन कानुन फितलो भएकै कारण महिलाहरुलाई स्वतन्त्र भएर बाँच्ने अधिकार नभएको बताउँछिन्। एसिड प्रहारका घटना बारम्बार दोहोरिदा महिलाहरु समाजमा सुरक्षित हुन नसकेको उनको गुनासो छ। उनी भन्छिन्, चोट हेरेर हैन सोच हेरेर कडा भन्दा कडा कार्वाही हुनुपर्छ।

पीडित पबित्रा लाई भेट्न भाग्य न्याैपाने र भोजराज थापा हस्पिटलमा पुगेका  छन्। तर त्यहाँ हस्पिटल भित्र भिडियो खिच्न प्रतिबन्ध लगाइएको हुनाले भाग्यले पीडितको परिवारलाई भेटेर लण्डनबाट समाजसेवी इशा गुरुङ दिदिले पबित्राको सहयोगको लागी पठाउनु भएको रु. २०००० (बीस हजार) रुपैयाँ उहाँको परिवारलाई हस्तान्तरण गर्नु भएको छ। त्यस्तैगरी करिब एक बर्ष अगाडी एसिड आक्रमणमा नै पर्नु भएको मुस्कान बहिनीलाई भाग्यले आफ्नो ब्यक्तिगत तर्फबाट रु. १००००(दस हजार) रुपैयाँ सहयोग गर्नु भएको छ। नेपालको कानुनमा मुख बिग्रिने गरी एसिड हालेमा आठ वर्षसम्म कैद, हात र शरीरमा परेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ। तर पीडित परिवारका सदस्यहरुले भने अपराधी लाई हदैसम्मको कारबाही हुनेपर्छ भन्ने माग राखेका छन्।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७