शुक्रबार, चैत्र १६, २०८०

भोजराज थापा पुगे छोरालाई आफ्नै लुगाले बाधेर तातो घाममा रिक्सा चलाउने बुबाकोमा। सहयोग गर्दै (भिडियो सहित)

दाङ – एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् ।

सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्यसको उदाहरण हुन् अर्जुन ।

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७