शुक्रबार, बैशाख ७, २०८१

झुटको भयो पर्दाफास, दुनियाँलाई झुक्याउने पुष्पालाई यति सम्म भने भाग्य न्यौपानेले (भिडियो सहित )

काठमाडौं २० , साउन

झुटको भयो पर्दाफास, दुनियाँलाई झुक्याउने पुष्पालाई यति सम्म भने भाग्य न्यौपानेले,जब भर्खरै जन्मेको बच्चा लाई कार्टुन मा भेटाएर ल्याएर राखेकी छु भनि फोन मा बताए पछि उनि  केहि सहयोग गर्ने उदेश्यले  भाग्य त्यहा पुगी केहि सहयोग गरेका थिए ,तर पुष्पा भने आफुले नै लगेर पैसा कमाउने उदेश्यले  गरेको पाइएको छ l झुट को पर्दाफास भए पछि भाग्य न्यौपाने लगाएत अरु सहयोग गर्ने मनकारी मन भएका व्यक्ति हरुले पैसा फिर्ता लगी अरु कुनै सस्था मा दिने कुरा गरेका छन l

नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त कल्पना बाहिरको कुरा थियो। यही साउन १२ गते सोमबारको दिन काठमाडौंको कपनमा बिष्कुटको कार्टुनमा शिशु फालिएको समाचार सर्वत्र फैलिएको थियो। कपन चौरमा फालिएकी शिशुलाई त्यही क्षेत्र नजिकै रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरुको ओइरो लागेको थियो।

यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै सार्वजनिक हुन थालेको छ। शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडान मार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ। परिवारलाई खवर नगरी काठमाडौं मै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगी मार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ। र उनैको मिलेमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ। यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ।

केयर बालगृहको संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन्। कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जार माध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन्। जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ। उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन्। तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको खुल्न आएको छ।

पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७