शनिबार, साउन १२, २०८१

समस्या ग्रस्त छ यति बेला नेपाली कांग्रेस -महामन्त्री खड्का

दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ को अमिलियामा नेपाली काङ्रेसका स्वर्गीय नेता खुम बहादुर खड्काको शालिक शिलान्यास गरिएको छ । उक्त शालिक ढलोटको हुने र पुर्णकदको रहने छ ।

शालिकको शिलान्यास नेपाली काङ्रेसका पुर्बमंत्री तथा महामन्त्री पुर्ण बहादुर खड्काले गरेका हुन । देशमा राजनीतिक दल प्रतिबन्धित रहेको समय र स्वर्गीय नेता खड्काको टाउकाको मूल्य ५० हजार तोकिएको बेला अमिलियाका जनताको घरमा लुकिछिपी बस्ने र राजनीतिक गतिविधि गर्ने गरेकोले त्यस ठाउँमा शालिक राख्न लागेको नेपाली काङ्रेस दाङ जिल्ला सदस्य गोबिन्द रेग्मीले बताए ।

Image may contain: one or more people and outdoorत्यस्तै स्वर्गीय नेता खड्काले राप्ती राजमार्गलाई पिच गर्न निकै ठूलो भुमिका खेलेको रेग्मीको भनाई छ । साथै दाङ आएको बेला राप्ती राजमार्गको बाटो भएर अमिलिया झर्ने र राप्ती नदि पार गरेर राजपुर गाउँपालिका हुँदै भारतको देबि पाटन जाने र त्यतैबाट राजनीतिक गतिविधि गर्ने गरेको उनका सहकर्मी गेहेन्द्र गिरीले बताए ।

भारत प्रवासमा रहेर पनि राजतन्त्रको बिरोधमा थुप्रै पटक जेल जीवन बिताएका थिए खड्काले । शालिक शिलान्यास कार्यक्रममा बोल्ने धेरै जसो काङ्रेस नेताहरूले स्वर्गीय नेता खड्काले सिकाएको बाटो हिड्न नसक्नु दुखद भएको बताए ।

Image may contain: 10 people, including Lok Raj KC and Ghanshyam Subedi, people standing, shoes and outdoorअझै पनि काङ्रेसका नेता जनता सम्म पुग्न सकेका छैनन भने गुट र उपगुटकै समस्या यथावत रहेको बताउदै सम्पूर्ण गुटउपगुट त्यागेर कांग्रेस एक हुनु पर्ने अहिलेको आबश्यकता भएको खड्काले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै काङ्रेस केन्द्रिय सदस्य डाक्टर डिला सङ्रौला पन्तले देश कम्युनिस्टमय हुँदै गएकोले काङ्रेसीजन सचेत हुनु पर्ने बेला आएको बताईन ।

अहिले देशमा कान्डै कान्ड हुँदै गएको र सबै काण्डलाई ढाकछोप गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाई छ । नेपाली काङ्रेसका नेता तथा प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले अझै पनि काङ्रेस आरोपप्रत्यारोपमा ब्यस्त रहेको बताए । त्यस्तै क्रियाशिल सदस्यता बाड्दा आफ्ना आफन्तलाई दिने र चुनावका बेला दलित,थारु,जनजातीलाई खोज्ने परिपाटी अन्त्य हुनु पर्ने चौधरीले बताए । त्यस्तै पुर्ब मन्त्री दिपक गिरीले स्वर्गीय नेता खड्का यातायात तथा भौतिक निर्माण मन्त्री भएपछी मात्र दङ्गाली जनताले बिकासको मुख देख्न पाएको बताए।

Image may contain: 3 people, including Girija Neupane, people standing, people on stage and outdoorदेश र जनताका लागि सधै चिन्तनशिल हुने खड्काको स्वभाव भएको चर्चा गर्दै अब देशले उनी जस्तो नेता नपाउने दाबी गरे । बर्तमान सरकारले नक्कली समृद्धिको नारा दिएर जनतालाई गुम्राहमा पारेको गिरीले आरोप लगाए। । कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्काले पंचायत बिरोधि भएर देखाएको त्यो साहसको सम्मान गर्नु पर्ने भन्दै २५ बर्षकै कलिलो उमेरमा नेपालमा शक्तिमान भएर उदय भएका नेता खड्काको निधनले काङ्रेस कम्जोर भएको होकि भन्ने लागेको बताए ।

यति बेला खड्का जनताको माझ नभएपनि उहाले देखाएको बाटो अबलम्बन गर्न सके मात्र उहा प्रती सच्चा श्रद्धाञ्जली हुने महामन्त्री खड्काको तर्क छ । राजा फाल्नु पर्छ भनेर अभियान चलाएका खड्कालाई राजाबादी भन्नू गलत भएको उनको भनाई छ । हिन्दु धर्म प्रती बिशेष लगाव भएका खड्काको मुख्य एजेन्डा नै नेपालमा हिन्दु धर्म हुनु पर्छ भन्ने थियो । अहिले काङ्ग्रेस भित्र ठुलै समस्या छ यति बेला काङ्रेसले स्वर्गीय नेता खड्कालाई सम्झिरहेको छ ।

त्यो समस्यालाई पार्टीको बैठकमा छलफल गरेर मात्र हल हुनेछ नत्र अझै ठुलो चुनौती हुन सक्ने उनले बताए । कार्यक्रममा स्वर्गीय खड्काका छोरा अनुराग खड्का, दाङ क्षेत्र नम्बर एकका सभापति भेषराज पाण्डे, दुईका भूप बहादुर डाँगी, तिनका जगत बहादुर खड्का, पुर्ब कार्य समिती सचीव कमल किशोर घिमिरे, जानकी लाल बस्नेत, भरत न्यौपाने, तप्त बहादुर बिष्ट, प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ, पुर्ब जिल्ला सभापति मोहन बहादुर ओली, घनश्याम रेग्मी, बिरकेशरी गौतम, डडेल्धुरा पार्टी सभापति कर्ण मल्ल, बुद्धिराम भण्डारी, पूर्व सभासद राजु खनाल, लगायतले बोलेका थिए ।

कार्यक्रममा नेकपा पार्टी परित्याग गरि एक सय बाईस जनाले नेपाली काङ्रेसमा प्रबेश गरेका छन । उनिहरुलाई काङ्रेस महामन्त्री पुर्ण बहादुर खड्काले टीका लगाएर स्वागत गरेका थिए। खड्काको शालिक निर्माणका लागि विभिन्न सुभचिन्तकहरु बाट आर्थिक समेत सहयोग भएको छ ।

नेपाली काङ्रेस दाङका सभापति किर्ती बहादुर खड्काको सभापतित्व तथा काङ्रेस महामन्त्री एबम पुर्ब मन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्रेसका दाङ जिल्ला उपसभापति कमान सिंह भारतीले स्वागत मन्तव्य राखेको राखेका थिए भने कार्यक्रमको सन्चालन जिल्ला सचीव शंकर डाङीले गरेका थिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७