शुक्रबार, चैत्र १६, २०८०

ब्राजिलमा भिषण पहिरो,मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी, वर्षासँगै आएको पहिरोमा परेर ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् ।

गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७