शनिबार, साउन १२, २०८१

सात तलाबाट हाम फालेर एक भारतीयको मृत्यु

एजेन्सी, भारतमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

सफ्दरगञ्ज अस्पतालमा निगरानीमा राखिएका २३ वर्षका व्यक्तिले अस्पतालको सातौँ तलबाट हामफालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिले बुधबार बेलुका आत्महत्या गरेको जनाइएको छ ।

ती युवालाई बुधबार बेलुका ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई आइसोलेसन वार्डमा सारिएकोमा सवा ९ बजेतिर उनले हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल रिफर गरिएको थियो । टाउको दुखेको भनेपछि उनलाई विमानस्थमै परीक्षण गरिएको थियो र त्यसपछि उनलाई अस्पताल पठाइएको हो ।

उनी एयर इन्डियाको फ्लाइट बाट दिल्ली पुगेका थिए । उनी विगत एक वर्षदेखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका थिए । बुधबार उनी पञ्जाबको नागपुरमा रहेको घर जानका लागि आएका थिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७