शनिबार, साउन १२, २०८१

सुरक्षाकर्मीलाई कोरोना सम्बन्धी अभिमुखिकरण

दाङ्ग, लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय अमिलियाका सुरक्षाकर्मीलाई कोरोना भाइरस सम्बन्धी एक दिने अभिमुखिकरण दिएको छ ।

नोभेल कोरोना भाइरसका मुख्य लक्षण, यो रोगबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने बारेमा सुरक्षाकर्मीलाई जानकारी गराईएको छ । त्यस्तै यता उता हिड्डुल गर्दा मास्क लगाउने, भिड्भाडमा नजाने, साबुन पानीले हात धुने जस्ता कार्य गर्न सके यो रोगबाट बच्न सकिने जानकारी गराईएको छ ।

दिन प्रति दिन महामारीको रुपले फैलिदै जान थाले पछि राज्यले विभिन्न उपाय अपनाएर यो रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सचेतना कार्यक्रम गरिरहेको छ । यति बेला देउखुरीका विभिन्न क्षेत्रमा कृयासिल सामाजिक संघ सस्थाले सचेतनाका कार्यक्रम गरिरहेका छन ।

लमही नगरपालिकाले पनि नगरका सम्पुर्ण वडाका बस्ती बस्तीमा कोरोना रोगबाट कसरी बच्ने भन्ने बिषयमा सूचनाहरु व्यापक रुपमा प्रचार प्रसार गरेको छ । कार्यक्रममा उपस्थित भएका सुरक्षाकर्मीलाई लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आकाश बेल्बासेले प्रशिक्षण दिएका थिए ।

लमही नगरपालिकाका कार्यबहाक नगर प्रमुख देबका बेल्बासेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७