बिहिबार, बैशाख १३, २०८१

बस्ति बस्तीमा पुग्दै पतंजली योग समितिका पदाधिकारी

दाङ्ग, यति बेला देशनै कोरोनामय बनेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन दाङका विभिन्न सामाजिक संघ सस्थाले गाउँ केन्द्रित सचेतना कार्यक्रमहरु शुरु गरेका छन् ।

यसै बीच पतञ्जली योग समिति लमहीले शुक्रबार लमही नगरपालिका वडा नं. १ शितलापुरमा सचेतना कार्यक्रमसँगै माक्स, साबुन र लहरे गुर्जो त्यहाँका स्थानीयलाई वितरण गरेको छ ।

धेरै भिडभाडमा नजाने, हाछ्यु गर्दा कपडाले छोप्ने गर्नु पर्छ, जिल्ला महिला पतञ्जली योग समितिका उपाध्यक्ष सहना श्रेष्ठले भनिन्, त्यस्तै यताउता हिडडुल गर्दा अनिवार्य मास्क लाएर हिन्नु पर्ने श्रेष्ठले सुझाव दिएकि छन् ।

हारमै गाउँ घरमा सजिलै पाईने लहरे गुर्जो सेवन गर्नाले स्वास्थ्यका लागि फाइदा हुने भएकोले सबैलाई यो जडिबुटी प्रयोग गर्नु पर्छ भन्दै सूचना दिएको श्रेथाले बताईन लमही नगरपालिकाकी कार्यवहाक नगर प्रमुख देवका बेल्वासेले कोरोना भाइरसको त्रासभन्दा पनि सावधानीतर्फ ध्यान दिन आग्रह गरेकी छन् ।

आज शुक्रवार शितलापुरका नागरिकलाई साबुन, माक्स र लहरे प्रदान गरेको र भोलि शनिवार खाङ्ग्रा नाकामा कार्यक्रमको आयोजना गरिएको पतञ्जली योग समिति लमहीका अध्यक्ष भेषराज भट्टराईले जानकारी दिए।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७