शनिबार, साउन १२, २०८१

लिपुलेकमा भारतिय सेनाको राज चल्छ, दार्चुला पुग्दा सिडिओले खोले यस्तो रहस्य (भिडियो)

दार्चुला । पछिल्लो समय भारतले नेपालको सीमा मिचेर आफ्नो राजनीतिक नयाँ नक्सा सार्वजनिक गरे पछि अहिले त्यसको सर्वत्र विरोध हुँदै आएको छ भने इन्डियाले आफ्नो कदम सुधार्नु पर्ने भन्दै देशका विभिन्न सहरहरूमा नारा जुलुस र विरोधका कार्यक्रम हुन थालेको छ। सरकारले पनि उक्त भूमि नेपालको भएको र कूटनैतिक रूपमा त्यसको समाधान खोजिने बताएका छन्। नेपालका अन्य नेताहरूले पनि नेपालको त्यो भूमि मिचिन नदिने र सिधै स्वीकार नगर्ने भनेर भाषण गर्दै आएका छन्।

यसै बिच हामी रिपोर्टिङको लागी काठमाडौँ बाट दार्चुला पुगेका छौ । हामी महाकाली नदिको किनार बाट रिपोर्टिङ गरिरहेका छौ । भारतले राजनीतिक नक्सा मार्फत मिचेको लिपुलेक पुग्नको लागी यहाँ बाट करिब ५ दिनको यात्रा पछि लिपुलेक पुगिन्छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख अधिकारी सँग कुराकानी गरेका छौ । बाँकी भिडियो मा हेर्नुहोस्

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७