मङ्लबार, चैत्र ६, २०८०

हिन्दी चलचित्र हलमा चलाउन पाईदैनः स्वागत नेपाल (भिडियो सहित)

माइक्रोलिंक । पछिल्लो समय भारतले नेपालको सीमा मिचेर आफ्नो राजनीतिक नयाँ नक्सा सार्वजनिक गरे पछि अहिले त्यसको सर्वत्र विरोध हुँदै आएको छ भने इन्डियाले आफ्नो कदम सुधार्नु पर्ने भन्दै देशका विभिन्न सहरहरूमा नारा जुलुस र विरोधका कार्यक्रम हुन थालेको छ। सरकारले पनि उक्त भूमि नेपालको भएको र कूटनैतिक रूपमा त्यसको समाधान खोजिने बताएका छन्। नेपालका अन्य नेताहरूले पनि नेपालको त्यो भूमि मिचिन नदिने र सिधै स्वीकार नगर्ने भनेर भाषण गर्दै आएका छन्।

यसै बिच अधिवक्ता स्वागत नेपालले अब हिन्दी चलचित्र पनि नेपालको हलमा चल्न नदिने भनेर आफ्नो धारणा राखेका छन्। आज भएको एक कार्यक्रममा स्वागत नेपालले भारतीय चलचित्र प्रदशनमा रोक लगाउन पर्ने बताएका छन्। थप जानकारी भिडियो मा हेर्नुहोस्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७