शनिबार, साउन १२, २०८१

दुर्गेश थापा र वर्षा सिवाकोटी फिचर्ड म्युजिक भिडियो सार्वजनिक

काठमान्डौ:नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका चर्चित लोकदोहोरी गायक मौसम गुरुङ,सुनिल पाठक र बिन्दु परियारको आवाज रहेको सुनिल पाठकको उत्कृष्ट लोकदोहोरी गीत:टुना मुना बजारमा आएको छ।

गीत निकै उत्कृष्ट बनेर बजारमा आएको हो।चर्चित सर्जक दिपक बसन्त कार्कीको लय र शब्द रहेको उक्त गीत मौसम गुरुङको युटुब च्यानल मार्फत बजारमा आएको छ।

गीतको भिडियोमा चर्चित नायिका बर्षा सिवाकोटी र चर्चित मोडल तथा गायक दुर्गेश थापाको नृत्य/अभिनय रहेको छ भने भिडियो निर्देशन चर्चित निर्देशक शिब बिकको रहेको छ।

अर्जुन तिवारीको छायांकन र रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।गीतलाई सितल सिजन डिजिटलले बजारमा ल्याएको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७